
काठमाण्डौं । अरनिको डेभलपमेण्ट बैंकले सोमबारबाट ३६ प्रतिशत हकप्रद निष्काशन गरेको छ । २५ करोड ७८ लाख रुपैंया चुक्ता पूँजी रहेको अरनिको डेभलपमेण्ट बैंकले ३६ प्रतिशतले हुने सवा ९ करोड बढीको हकप्रद निष्काशन गरेको हो ।
आवेदकले प्रतिकित्ता १ सय रुपैंयाका दरले आफुसँग भएको सेयरको ३६ प्रतिशतका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
हकप्रदका लागि सेयरधनीले सिद्धार्थ क्यापिटल अनामनगर, सिद्धार्थ बैंकका देशका सबै शाखा तथा अरनिको डेभलपमेण्ट बैंकका सबै शाखाहरुबाट भर्न सक्नेछन् । हकप्रद निष्काशन मंसिर १२ गते बन्द हुनेछ ।
८ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक ८ सोमवार ११:४२ मा प्रकाशित