काठमाण्डौं । अर्थ सचिव सहित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेपाल धितोपत्र बोर्डको निरिक्षण गरेका छन् ।
हिजो आइतबार बोर्ड पुगेका अर्थमन्त्री महराले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजीबजार विना अर्थतन्त्रको विकास हुन नसक्ने भन्दै धितोपत्र बजारलाई आफ्नो क्षमता विकास गर्दै लगानीकर्ताको विश्वास बढाउने गरी काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री महराले वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको बताउदै बजारमा अराजकता आउन नदिन पनि निर्देशन दिएका छन् ।
८ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:३५ मा प्रकाशित