back
NMB ad

अपि पावरले ८ आयोजनाबाट सौर्य उर्जा उत्पादन गर्न अनुमति पायो

Kumari bank ad

काठमाडौं। ५ बर्ष भित्र नेपालको एक ठूलो जलविद्युत विकास कम्पनी बनाउने उदेश्यका साथ अगाडि बढेको अपि पावर कम्पनीले ८ आयोजनाबाट सौर्य उर्जा उत्पादन गर्ने अनुमति पाएको छ। कम्पनीले विद्युत प्राधिकरणबाट साढे १९ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने अनुमति पाएको हो।

उर्जा संकट टार्न सरकारले चालु बर्ष विद्युत प्राधिकरणसँग मिलेर ६४ मेगावाट सौर्य उर्जा उत्पादन गर्न टेन्डर गरेको थियो।

कम्पनीले ढल्केवरमा १ मेगावाट, दुहवीमा डेढ मेगावाट, परवानीपुरमा ८ मेगावाट, सिमरामा १ मेगावाट, चन्द्रनिगाहपुरमा ४ मेगावाट, बर्दघाटमा १ मेघावाट, चनौटमा डेढ मेगावाट र कावासोतीमा डेढ मेगावाट विद्युत उत्पादन गर्न अनुमति पाएको हो।

कम्पनीले अब तुरुन्तै काम अघिवढाउने जनाएको छ। एक बर्षभित्रै विजुली उत्पादन गरी प्रशारण लाइनमा जोडिने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कम्पनीले गत बर्षको मुनाफाबाट पाँच प्रतिशत वोनस सेयर र दुई सय प्रतिशत हकप्रद सेयर समेत जारी गर्दैछ।

प्रकाशित मितिः २०७३ कार्तिक १०

वि.सं.२०७३ कात्तिक १० बुधवार २०:०४ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...