back

नेप्सेमा थपियो सवा अर्ब कित्ता सेयर 

काठमाडौं । मुलुकको पुँजी बजारमा गत असोज मसान्तसम्ममा १ अर्ब १९ करोड कित्ता सेयर थपिएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको नीतिले धितोपत्रको दोस्रो बजारमा सूचीकृत सेयरको संख्या करिब आधाले बढेको हो ।

चालू आवको पहिलो तीन महिनासम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ अर्ब ८१ करोड ८६ लाख ९६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

यो सेयर संख्या गत आवको तुलनामा ४५.६७ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०७२/७३ को असोजसम्ममा नेप्सेमा २ अर्ब ६२ करोड १४ लाख ८५ हजार कित्ता सेयर सूचीकरण भएको थियो ।

नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणासम्म बढाउने नीति लिएसँगै दोस्रो बजारमा सेयर संख्या थपिएको हो ।
केन्द्रीय बैंकले लघुवित्त संस्थालाई साधारण सेयर निष्कासन अनिवार्य गर्नुपर्ने व्यवस्था गरेका कारणले पनि दोस्रो बजारमा सेयर संख्या बढेको हो । पछिल्लो समयमा जलविद्युत् कम्पनीहरू पनि धितोपत्र बजारबाटै पुँजी संकलनमा उत्साहित देखिएका छन् ।

जलविद्युत् कम्पनीहरूले पनि सेयर बिक्री गरेर पुँजी संकलन गर्ने क्रम गत वर्षभन्दा यो वर्ष बढेको देखिन्छ । नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्कासनका लागि निवेदन दिएका १० कम्पनीमध्ये ६ कम्पनी जलविद्युत् रहेका छन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई जारी गर्ने हकप्रद सेयर र लाभांशका रूपमा दिने बोनस सेयर विगतको तुलनामा धेरै भएकाले सूचीकृत सेयरको संख्या बढेको हो ।

सूचीकृत सेयरको संख्या बढ्नुमा पुँजी वृद्धिकै नीतिले धेरै भूमिका खेलको नेप्सेका अधिकारी बताउँछन् ।

“सूचीकृत कम्पनीले हकप्रद सेयर र बोनस सेयर जारी गरेको हुनाले सेयरको संख्या बढेको हो,” ती अधिकारीले भने, “साधारण सेयर क्रमिक आएको छ भने नयाँ निष्कासन पनि उत्तिकै बढेको देखिन्छ ।”

कम्पनीहरूले सर्वसाधारणलाई प्रिमियममा सेयर बिक्री गरी सञ्चित कोष बढाउन नयाँ निष्कासन गर्ने क्रम पनि बढ्दो छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजीका लागि धेरै हकप्रद सेयर आएको हुनाले दोस्रो बजारमा सेयरको संख्या बढेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

नयाँ निष्कासन र साधारण सेयरभन्दा पनि हकप्रद सेयर बढेको गिरीको भनाइ छ । “

यो वर्ष साधारण सेयर खासै नथपिए पनि हकप्रद सेयर र बोनस सेयर उल्लेख्य थपिएको छ,” गिरीले भने, “जलविद्युत् कम्पनीहरूको साधारण सेयर निष्कासन गर्ने क्रमले पनि केही सहयोग गरेको छ ।” सेयर संख्या बढ्नु धितोपत्र बजार विस्तार हुनु भएकाले सकारात्मक रूपमा लिनुपर्ने उनले बताए ।
पछिल्ला पाँच वर्षको सेयर संख्या वृद्धि अनुपातलाई हेर्दा यो वर्षको नै सबैभन्दा धेरै छ । २०७० असोजसम्ममा १ अर्ब २८ करोड २ लाख ६६ हजार कित्ता सेयर सूचीकृत थियो ।

तर, चालू आवको असोजसम्ममा सूचीकृत कम्पनीको संख्या भने २ सय २३ मात्र छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजीसनको कारणले नेप्सेमा सूचीकृत कम्पनीको संख्या घटे पनि गत आवको तुलनामा धेरै नै छ । कारोबार
२०७३ कार्तिक ११

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०९:४९ मा प्रकाशित

You can share this post!

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...