
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ । ५० प्रतिशत हकप्रद बेचिरहेको मुक्तिनाथ बिकास बैंकले ३४ प्रतिशत बोनस सेयर जारी गरेको थियो । आगामी मंसिर ४ गते पोखरामा बोलाइएको दर्शौ बार्षिक साधारणसभाले उक्त निर्ण गर्ने बैंकले जनाएको छ ।
५० प्रतिशत हकप्रद सेयरबेचेपछि मुक्तिनाथको चुक्ता पूँजी एक अर्ब ५४ करोड पुग्नेमा ४० प्रतिशत हकप्रद जारी गरेर दुई अर्ब १६ करोड हाराहारीमा पुग्नेछ । त्यसपछि बाँकी ३४ करोड रुपैयाँ बैंकले चालु आर्थिक बर्षको कमाईबाट बोनस सेयर दिएर सजिललै पुर्याउँनसक्छ । तर मर्जर र एक्विजिशनको विकल्प पनि बैंकले अघि सार्दै साधारणसभामा त्यसम्बन्धी प्रस्ताव लैजाने भएको छ ।
कम्पनीका संस्थापकहरु आर्थिक रुपमा सबल भएकाले एकपछि अर्को हकप्रद किनेर र खुद नाफाबाट सकेसम्मको बोनस सेयर दिएर चुक्ता पूँजी बढाई उदाहरणीय बिकास बैंकको रुपमा मुक्तिनाथ अगाडि आएको छ ।
बैंकको बोनस सेयर पाउन तथा साधारणसभामा भाग लिन यही कात्तिक २३ गतेसम्म सेयर किनिसकेको हुनुपर्ने गरी २४ गते सेयरधनसी दर्ता किताब बन्द हुने सूचना पनि जारी गरेको छ ।
२०७३ कार्तिक ११
वि.सं.२०७३ कात्तिक ११ बिहीवार १०:२३ मा प्रकाशित