
काठमाडौ । नेपाल धितोपत्र बोर्डले ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार बन्द गरिदिएको छ भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुसार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाहीको निर्णय गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका सेयर ब्रोकर कम्पनीहरु प्रिमियर सेक्युरिटिज, मार्केट सेक्युरिटिज, अरुण सेक्युरिटिज, जेएफ सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र सुन्धारा सेक्युरिटिजको कारोबार रोक्काको निर्णय भएको छ । उनीहरुलाई सात दिनसम्म सेयर कारोबार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय भएको बोर्डले जनाएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ११
वि.सं.२०७३ कात्तिक ११ बिहीवार १३:१० मा प्रकाशित