
काठमाडौ । जनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्रि प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ ।
जनता बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि हकप्रद सेयर जारी गर्न लागेको हो ।
प्रकाशित मितिः २०७३ कार्तिक ११
वि.सं.२०७३ कात्तिक ११ बिहीवार १३:३१ मा प्रकाशित