काठमाडौ। सहयोगी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने र ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
बैंकको आगामी साधारणसभा आगामी मंसिर ११ गते हुने भएको छ । साथै, बैंकको सेयर कारोबार कात्तिक १९ गतेदेखि आगामी मंसिर ११ गतेसम्म बन्द हुनेछ ।
प्रकाशित मितिः २०७३ कार्तिक ११
वि.सं.२०७३ कात्तिक ११ बिहीवार १४:३३ मा प्रकाशित