back

भारतीयलाई छिर्न नदिने गरि नेपालले झापामा लगायो सौर्य तारबार !

झापा। भारतबाट आउने जङ्गली हात्तीको प्रवेश रोक्न उत्तरी झापामा १८ किलोमिटर लामो सौर्य विद्युतीय तारबार लगाइएको छ । उक्त सौर्य तारबारको वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले उद्घाटन गरेका छन् ।

विश्व बैंकको सहयोगमा रु एक करोड २० लाखको लागतमा बाहुनडाँगी गाविसको पूर्वी भागमा मेची नदी नजिक सौर्य विद्युतीय तारबार निर्माण गरिएको हो । विसं २०७१ माघ २३ गते तत्कालीन वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले तारबारको शिलान्यास गरेका थिए । उद्घाटन जनाउने शिलास्तम्भको अनावरण गर्दै मन्त्री भण्डारीले तारबारको उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्त्री भण्डारीले बाहुनडाँगीले लामो समयदेखि जङ्गली हात्तीको आतङ्क सहनु परेकामा दुःख व्यक्त गर्दै अब स्थानीयवासीका लागि सुख र शान्तिको दिन आएको बताए । मन्त्री भण्डारीसमक्ष स्थानीयवासीले हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई सरकारले हाल रु पाँच लाख दिइरहेकामा त्यसलाई बढाएर रु सात लाख पु¥याउन माग गरेका थिए ।

स्थानीयवासीको मागलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अब कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै कथम्कदाचित ज्यान गुमेमा रु १० लाख  राहत उपलब्ध गराउन पहल गर्ने आश्वासन दिए ।
उद्घाटनका अवसरमा झापाका सांसद रवीन कोइराला, उषा गुरुङ, नरेन्द्र विक्रम नेम्वाङ, सरिता प्रसार्इं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः २०७३ कार्तिक १३

वि.सं.२०७३ कात्तिक १३ शनिवार १५:५९ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...