back

सेयर बजार परिसुचक नेप्सेमा २३ अंकको गिरावट !

Kumari bank ad

काठमाडौँ । तिहारको बिदा अगाडिको साता सेयर बजार परिसूचक नेप्सेका बारे सुखद समाचार सुन्न पाईएन । यो सातामा बजार परिसूचक नेप्सेमा २२.६८ अंकको गिरावट आएको हो ।

अघिल्लो साता पनि बजार ९ अंकले ओरालो लागेको थियो। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १७५९.७१ अङ्कमा पुगेको छ। सुरुका चार दिन लगातार घटेको बजार अन्तिम दिन ६ अंकले बढेको थियो।

साता भरमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट चार अर्ब १२ करोड ४० लाख १३ हजार रुपैयाँ बराबरको ४९ लाख ३३ हजार ५७० कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबार रकममा अघिल्लो साताको भन्दा ३७.०५ प्रतिशतले वृद्धि भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२३ अङ्कले घटेर ३८१.१५ अङ्कमा झरेको छ।

कारोबार रकमका आधारमा क्रमशःमाछापुछ्रे बैंक लि.,स्टायान्डर्ड चार्टर्ड बैंक लि.,एभरेस्ट बैंक लि.,शिखर इन्स्योरेन्स कम्पनी लि.,कुमारी बैंक लि.पाँच उत्कृष्ट कम्पनी कायम भए ।

प्रकाशित मितिः २०७३ कार्तिक १३

वि.सं.२०७३ कात्तिक १३ शनिवार १६:१५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...