
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ का बासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका लागि टाढाका क्षेत्रमा पुग्नुपर्ने अवस्था रहेको छ ।
सामान्य उपचार र परिवार नियोजनका साधन उपलब्ध गराउनका लागि नेपाल परिवार नियोजन सङघले सामुदायिक परिवार स्वास्थ्य क्लिनिक सञ्चालन गरेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यहाँका बासिन्दाले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
“परिवार नियोजनले दक्षस्वास्थ्यकर्मीको व्यवस्था गरिदिए प्राथमिक उपचारका लागि टाढाको स्वास्थ्य केन्द्र पुग्नु पर्ने थिएन । ” साविक लक्ष्मीपुर गाविसका पूर्व उपाध्यक्ष तिलक भट्टले भने ।
उपचारका लागि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुग्न यहाँबाट झन्डै १० किलोमिटर बढीको यात्रा पैदल नै तय गरी पुग्नुपर्ने अवस्था रहेको पूर्व गाविस उपाध्यक्ष भट्टले बताए । यो सेवा निल्नु कि ओकल्नु जस्तै भएको भट्टको गुनासो छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १४
वि.सं.२०७३ कात्तिक १४ आइतवार १८:२५ मा प्रकाशित