back
SKIP
prime bank ad

मैले छाडेपछि किन देशका सबै काम ठप्प हँ ?: केपी ओली

Kumari bank ad

एमाले अध्यक्ष ओलीले सरकार परिवर्तन भएसँगै देशको तीन महिनाको समय खेर गएकोे बताएका छन् ।

एमाले मध्यपुर नगर समन्वय कमिटीले बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रम उनले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाए ।

नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै उनले भने, “अहिले गेयर फस्यो, तपार्इंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र अगाडि बढाउँछौं, त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन् ।”

आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ । युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, नेता सानुकुमार श्रेष्ठ, मध्यपुर नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठ लगायतले संविधान कार्यान्वयन गरेर देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताएका थिए ।

प्रकाशित मितिः २०७३ कार्तिक १४

वि.सं.२०७३ कात्तिक १४ आइतवार १८:०५ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:०५

काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज...

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

वि.सं.२०८० असोज १२ शुक्रवार १४:००

काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार...