back

पर्यटन प्रबद्र्धनका लागि भारतमा अन्तर्राष्ट्रिय मेलाको आयोजना…

कञ्चनपुर। पर्या–पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतको उत्तराखण्डको पर्यटकीय नगरी देहरादुनमा व्यापार मेलाको आयोजना गर्ने भएको छ ।

कञ्चनपुरका कला संस्कृति, पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक सङ्घले अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न लागेको हो । भारतीय पर्यटक र बाह्य क्षेत्रका पर्यटकलाई नेपाल भित्र्याउन मेलाले सघाउ पु¥याउने विश्वास लिइएको छ ।

आउँदो डिसेम्बर दोश्रो सातादेखि पाँच दिनसम्म देहरादुनमा आयोजना हुने मेलामा हस्तकलाका सामग्री, जडिबुटी, तयारी पोशाक, पस्मिना, पर्यटकीय क्षेत्रबारेका जानकारी दिने ४० भन्दा बढी कक्ष राखिने सङ्घका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिए ।

“देहरादुन आउने पर्यटक प्रचारप्रसारको अभावमा यहाँका पर्यटकीय क्षेत्रकाबारे कम मात्रै चासो देखाउने भएकाले मेलाबाट पर्यटकलाई द्वन्द्वपछि नेपालमा शान्ति स्थापना भई पर्यटकीय गन्तव्य सुरक्षित रहेकोबारे जानकारी दिन मेलाले मद्दत गर्नेछ” उनले भने ।

सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचार गरी विदेशी लगानी भित्र्याउनसमेत मेलाको माध्यमबाट पहल गरिने उनको भनाइ रहेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १६

वि.सं.२०७३ कात्तिक १६ मंगलवार ०८:१४ मा प्रकाशित

You can share this post!

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...