back

लक्ष्मीपूजामा ध्यान नपुर्याउँदा धनको सत्यानास !

उदयपुर। तिहारको लक्ष्मी पूजाको राति लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले उदयपुर जिल्लाको रामपुर ठोक्सिला र लिम्पाटारमा रु ३० लाख बराबरको क्षति भएको छ ।

आगलागीका कारण रामपुर ठोक्सिलास्थित प्रेमबहादुर राईको घरमा करिब रु १० लाख बराबरको क्षति भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगालागीबाट राईको घरको लत्ताकपडा र सबै अन्नपात र काठको घर जलेर नष्ट भएको पनि स्थानीय रमणकुमार भट्टराईले बताए ।

यस्तै लक्ष्मी पूजाको राति नै घरमा लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले जिल्लाको पश्चिमी पहामडी गाविस लिम्पाटारमा स्थानीय शम्भु कार्कीको घरमा आगलागी हुँदा कार्कीको घर तथा घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयवासी प्रभु कार्कीले जानकारी दिए । कार्कीकै घरको आगो सल्केर अन्य छिमेकी तिलकबहादुर कार्कीलगायतको पनि घर गोठ जलेको छ ।

लिम्पाटारमा मात्र झन्डै रु २० लाख बराबरको धनमालको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

मैनबत्ती बाल्दा मैनबत्तीबाट सल्केर आगलागी भएको पनि स्थानीय तथा प्रहरीले बताएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक १६

वि.सं.२०७३ कात्तिक १६ मंगलवार ११:२३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

वि.सं.२०८० असोज ७ आइतवार १६:४१

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

वि.सं.२०८० असोज ७ आइतवार १६:२५

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल...

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...