back

दिपावलीको पटकाले दिल्लीमा प्रदुषण उच्च, आगरबत्ती बाल्न पनि रोक लगाइयो !

Kumari bank ad

काठमाण्डौं । भारतको राजधानी नयाँदिल्लीमा दिपावलीमा पड्काइएका पटाकाहरुको कारण प्रदुषणको मात्रा बढेर मिटरले समेत नाप्न नसक्ने भएपछि त्यहाँको राज्य सरकारले विद्यालयहरु बन्द गराएको छ भने स्थानीयलाई घर बाहिर ननिस्कन आग्रह गरेकोछ ।

प्रदुषण बढेर खतरनाक स्थितिमा पुगेपछि दिल्ली सरकारका मुख्य मन्त्री अरविन्द केजरीवालले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएका छन् । प्रदुषणको मात्रा बढेर मानिसहरुमा आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ । मौसम विभागका अधिकारीहरुले घर बाहिर ननिस्कन वा निस्कनैपर्ने अवस्था आए विशेष प्रकारको मास्क प्रयोग गर्न सल्लाह दिएका छन् ।

वातावरणविदहरुले दिल्लीमा अहिलेको धूप र अगरबत्ती, कागज, पातपतिङ्गर नजलाउन, ट्राफिक लाइटमा रोकिँदा गाडीहरुको स्टार्ट बन्द गर्न, गाडीहरुमा जोर–बिजोर प्रणाली लागू गर्न र सडकमा पानी छर्किन सुझाव दिएका छन् ।

एजेन्सीको सहयोगमा, २१ कार्तिक २०७३, १।००

वि.सं.२०७३ कात्तिक २१ आइतवार १४:१७ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...