back
NMB ad

४१० मेगावाट क्षमताको जलाशययुक्त नलसिङगाड आयोजना कम्पनी ढाँचामा निर्माण गरिने

Kumari bank ad

जाजरकोट । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् ।
नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आयोजित एक कार्यक्रममा उनले सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिने बताए । विद्युत् उत्पादन तथा आयोजना विकास समिति गठन भइसकेको बताउँदै उनले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ऊर्जामन्त्री शर्माले आयोजनास्थलको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

मुलुकका ९३ वटा जलाशययुक्त आयोजनामध्ये नलसिङगाड उत्कृष्ट भएको सो आयोजनाका कार्यकारी निर्देशक मोतीकुमार कुँवरले बताए । सन् २०१२ को प्रारम्भिक अध्ययनअनुसार ४१० मेगावाट क्षमताको सो आयोजना रु ७३ अर्ब ७३ करोड ९० लाखको लागतमा निर्माण गर्न सकिने उनको भनाइ छ ।
आयोजनाअन्तर्गत सक्ला–१ अँधेरी खोलामा ६ दशमलव ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको २०० मिटर अग्लो बाँध निर्माण गरिने छ । बाँधदेखि खगेनकोट गाविसको काँडादल्लीसम्म कुल आठ हजार २१५ मिटर लामो सुरुङ निर्माण गरिने छ ।

वि.सं.२०७३ कात्तिक २१ आइतवार २०:०३ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...