back
SKIP
Prabhu Bank Road Block Ad

आन्दोनलको हुन्डरी मच्चाउन तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन

Kumari bank ad

काठमाडौ । औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायतका पछिल्ला विषयमा मजदुरहरु सरकारप्रति रुष्ट बनेका छन् । मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुर मारा गतिबिधि अगाडि बढाउने कसैलाई नछोड्ने भन्दै यसको बिरोधमा आगामि मे १ देखि आन्दोलनको आधिंबेहरी र हुण्डरी मच्चाउने गरि तयार रहन श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन भनिएको छ ।
नेकपा (एमाले) अन्तर्गतको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) प्रदेश संगठन कमिटी नं ३ को आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमालले प्रदेश ३ बाट प्रतिनिधित्व गरेका ३ सय २० प्रतिष्ठानका अध्यक्ष र प्रतिनिधिहरुसमक्ष सरकार र व्यवसायीसँगको सम्बन्ध छिनोफानो गर्नेगरि मजदुर आन्दोलनमा जुट्न निर्देशन दिएका छन् ।
उनले निर्देशनात्मक शैलीमा भने, ʽअब हामी आगामि दिनमा कार्यथलोको नक्साङ्कन गर्छाैं । कहाँ–कहाँ के –के छन् ? क–कसले के–के गर्छन् ? दूधका दूध पानीका पानी छुट्याउने बेला आएको छ । तपाईहरु जहाँ काम गर्नुहुन्छ । हामीले अब रेकर्ड राख्ने छौं । आगामि मे दिवस मनाउँदा हामीले जे तथ्य प्राप्त गर्छाैं त्यो तथ्यको आधारमा व्यवसायीसित के व्यवहार गर्ने ? र सरकारसित के व्यवहार गर्ने भन्ने बारेमा छिनोफानो हुनेछ । ʼ
सबै ट्रेड युनियन संगठनसँग मिलेर आन्दोलनको हुन्डरी मच्चाउने तयनरी भईरहेको जानकारी दिंदै उनले भने, ʽछिनोफानो जिफन्ट एक्लैले गर्नेछैन । नेपालमा रहेका सबै ट्रेड युनियनहरुलाई साथमा लिएर गरिनेछ । नेपालमा श्रम आन्दोलनको लागि आवश्यक पर्छ भने हुण्डरी मच्चाउन क्षमता राख्छौं । त्यो गरिनेछ ।ʼ
मजदुर आन्दोलनको तयारीस्वरुप उनले दिएका निर्देशन यसप्रकार छन्ः–

१) सबै स्थानमा ट्रेड युनियन गठन भए नभएको हिसाब गर्ने ।
२) न्यूनत्तम पारिश्रमिकको व्यवस्था भए नभएको हिसाब गर्ने । साहुजीहरु नो वर्क नो पे भन्नुहुन्छ । राज्यले दिनु भनेको ९,७०० दिनुभएको छ कि छैन । अब यो रकम श्रमिकका लागि उपयुक्त हो कि हैन त्यसको खोजी गरिनेछ । ९,७०० ले के खान्छन् हाम्रा श्रमिकले ? हाम्रो प्रश्न यहाँ छ । त्यो पनि सबै ठाउँमा न्यूनत्तम पारिश्रमिक लागु भएको छ कि छैन एक हिसाबले हरहिसाब खोजिनेछ ।
३) कतिपय उद्योगमा सामुहिक सौदाबाजी हुन दिईएको छैन । त्यसको लेखाजोखा राख्ने ।
४) कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था छ, त्यो भएको छ कि छैन हेर्ने । नयाँ काननु नआएसम्म त्यो गर्ने दायीत्व पूरा गर्नेले गर्यो कि गरेन त्यसको लेखा जोखा राख्ने ।
५) सामाजिक सुरक्षाको एक प्रतिशत कर काटिएको छ । त्यो काटिएको कर व्यवसायीहरुले आफ्नो खल्तीमा हाल्नुभएको छ कि वा कर कार्यालयमा पठाउनुभएको छ त्यसलाई जाँच पड्ताल गर्न जरुरी छ ।
६) व्यवसायीहरुले राज्यले तोकेको र कानुनले तोकेको व्यवसायजन्य सुरक्षाहरु व्यवस्थित गरिएको छ कि छैन ? त्यसको लेखाजोखा राख्ने ।
उनले यी विषयहरुबारे देशभर अध्ययन गरिने भन्दै ढुक्कसँग सूचना संकलन गर्न विभिन्न प्रतिष्ठानका अध्यक्षहरुलार्य निर्देशन दिएका हुन् । सूचना संकलन गर्दै गर्दा आफ्नो भूमिकालाई पनि ख्याल गर्न र कोहि कसैसित नडराउन पनि उनको निर्देशन रहेको छ ।
कार्यक्रममा जिफन्ट महासचिव विष्णु लम्सालले मजदुरमाथि हुने शोषणबारे नेता कार्यकर्तालाई चुप भएर बस्न नदिने र तल्लोभन्दा तल्लो स्तरसम्म दबाबमूलक कार्यक्रमको शुभारम्भ गरिएको बताए ।
जिफन्ट उपमहासचिव एवं प्रदेश नं ३ का संयोजक जनक चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिईन् । कार्यक्रममा ३ सय २० प्रतिष्ठानका १ हजार प्रतिनिधिको सहभागीता रहेको थियो । जसले १५ लाख श्रमशक्तिको प्रतिनिधित्व गर्ने कार्यक्रममा जानकारी दिइयो ।

प्रकाशित मितिः २०७३ कार्तिक २२

वि.सं.२०७३ कात्तिक २२ सोमवार १७:४९ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...