अमेरिकी निर्वाचनको पछिल्लो परिणामले रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्प जितको नजिक रहेका छन् । राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये ट्रम्पले २४४ र क्लिन्टनले २१५ मत पाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्लिन्टनको जितको सम्भावना साँघुरो बन्दै जांदा त्यसको प्रभाव बजारमा देखिएको छ ।
अमेरिकी डलर र मेक्सिकन पेसोको भाउ घटेको छ । अमेरिकामा राष्ट्रपतिको चुनावी दौडमा निर्णायक हुने ठानिएका राज्यहरुमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले जितेको प्रक्षेपण गरिएको छ।
अनिर्णित भनेर चिनिएका राज्यहरुमा ट्रम्पले जित हात पारेको प्रक्षेपण अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन्।
ट्रम्पले फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइना जितेको र क्लिन्टनले भर्जिनियामा जितेको एबीसीले प्रक्षेपण गरेको छ।
मिशिगनमा अझै अत्यन्तै कडा प्रतिस्पर्धा देखिन्छ।
उक्त राज्यले सन् १९८८ यता रिपब्लिकन उम्मेदवारलाई जिताएको छैन।
२४ कात्तिक २०७३
वि.सं.२०७३ कात्तिक २४ बुधवार ११:१९ मा प्रकाशित