back

ह्वाइटहाउस ताक्दै लम्किएका डोनाल्ड ट्रम को हुन् ?

Kumari bank ad

काठमाडौँ । सत्तरी वर्षका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रतिष्पर्धी हुन्। उनी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती र अमेरिकी राष्ट्रपति बाराक ओबामा नेतृत्वमा विदेश मन्त्रालय सम्हालेकी हिलारी क्लिन्टनसँग राष्ट्रपतिमा भिड्दैछन्।

ट्रम्पको चर्चा यतिबेला अमेरिकामा मात्र नभइ विश्वभर भइरहेको छ। उनको व्यवहार, उनको सम्पती र उनको व्यक्तिगत जीवनबारे पनि धेरैलाइ चासो छ।

अमेरिकन ड्रिमको रुपमा चर्चित धनी बन्न चाहानेहरुको सपनालाइ ट्रम्पले नेतृत्व गर्छन्। अमेरिकाको मध्यम वर्गियहरुले ट्रम्पलाइ खुबै रुचाउँछन्।
किनभने ट्रम्पका पिता मध्यवर्गिय परिवारमा जन्मिएका थिए। तर उनले रियलस्टेटमा लगानीबाट धेरै सफलता हात पारे।

रियल स्टेट टाइकुन फ्रेड ट्रम्पका छोरा ट्रम्प बिलिनियर हुन्। उनको अमेरिकाको सबैभन्दा महंगो मानिने न्यूयोर्कको म्यानह्याटमा सम्पती छ।

१३ बर्षको छँदा ट्रम्पलाई उनका पिताले मिलिटरी एकेडेमीमा पठाए। घरमा ट्रम्पलाइ हतियारसँग भेटेपछि ट्रम्पका पिताले न्यूयोर्क मिलिटरी एकेडिमीमा ट्रम्पलाइ भर्ना गराएका थिए। तर तर उनलाई गतल व्यवहार गरेको भन्दै त्यहाँबाट निकालियो।

तर उनले लगत्तै अमेरिकाको प्रख्यात वार्टन बिजनेस स्कूलमा भर्ना भएर व्यापार पढ्न थाले। अनि ट्रम्पले पारिवरिक व्यापरमा पिताको साथ दिए। रियलस्टेट बिजनेशसँगै, होटल र क्यासिनोमा लगानी विस्तार गरे।

सन् १९७० मा घाटामा रहेको होटललाइ सात करोड डलरमा किनेर जब ट्रम्पले मर्मत गरे उनी रातारात करोडपती बन्न पुगे। त्यो होटल थियो ग्राण्ड हायात।

उनको नाममा विश्वका कयौँ सहरमा सम्पती छन्। ट्रम्प टावर, ट्रम्प होटल र ट्रम्प प्यालेस छन्। उनी न्यूयोर्कको प्रख्यात ट्रम्प टावरमा बस्छन्। र त्यही टावरको कार्यालयबाट विश्वभरको बिजनेश हेर्छन्। भारतको मुम्बइमा समेत ट्रम्पको टावर छ।

सन् १९९६ देखि २०१५ सम्म ट्रम्प मिस युएसए र मिस युनिभर्स जस्ता ब्युटि कन्टेस्ट आयोजना गर्ने कम्पनीका मालिक थिए। कतिपय पुराना मिस युनिभर्सहरुले ट्रम्पको तारिफ गरेका छन् भने यस्ता ब्युटि कन्टेस्टमा उनले दिएको धारणाले उनी माथि पटक पटक यौन दुर्व्यवहारको आरोप समेत लाग्यो।

ट्रम्प विगतमा टेलिभिजन सो समेत सञ्चालन गर्थे। उनको शो कारण उनी सेलिब्रेटी बने। सन् २००४ मा उनको शो अमेरिकामा प्रख्यात बन्यो। उनको शो को नाम ुद एप्रिनटेसु थियो। जसको अर्थ दक्ष कामदारबाट काम सिकेर व्यापार थालनी गर्नु भन्ने हुन्छ।

ट्रम्पको व्यक्तिगत जीवनमा भने धेरै उचार चढाव आएको देखिन्छ। उनले तीन विवाह गरेका छन्। पहिलो विवाह इभाना जेल्नी कोभासँग भएको थियो। त्यस्तै दोश्रो विवाह मार्ला मेपलसँग भएको थियो। दुवैसँग डिभोर्स भएपछि उनी अहिले ट्रम्प तेश्री श्रीमती मिलिनिया नर्ससँग जीवन बिताइरहेका छन्।

सन् २०१५ मा उनले अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्ने निर्णय लिएका थिए। साथै उनले नारा समेत तय गरे – अमेरिकालाइ फेरी एकपटक महान् बनाऔँ।

ट्रम्प अमेरिकी राष्ट्रपति बनेको खण्डमा पहिलोपटक गभर्नरको रुपमा कहिल्यै काम नगरेका व्यक्ति अमेरिकी राष्ट्रपति बन्नेछन्। उनले सबैभन्दा धेरै उमेरमा राष्ट्रपति बन्ने रेकर्ड समेत राख्नेछन्।
बिजमाण्डु

वि.सं.२०७३ कात्तिक २४ बुधवार १०:५० मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...