back

टिम्स कार्ड छपाईमा समेत पर्यटन बोर्डको घोटाला भन्दै टानले निकाल्यो विज्ञप्ती

Kumari bank ad

काठमाडौ । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)ले टिम्सको रकम र कार्ड छपाईमा समेत पर्यटन बोर्डले घोटाला गरेको भन्दै विज्ञप्ती निकालेको छ । विज्ञप्तीमार्फत टानले नेपाल पर्यटन बोर्डको वर्तमान रवैया तथा गैरजिम्मेवारीपनको घोर भत्सर्ना गर्दै समयमा नै सही निर्णय तथा कार्यान्वयन पक्षमा इमान्दारीता नदेखाए कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

हेर्नुहोस् टानबाट जारी प्रेस विज्ञप्तीको पूर्णपाठः

प्रेस बिज्ञप्ती !
टिम्स कोषबाट आफुले पाउनुपर्ने रकम पटक–पटक ताकेता गर्दा पनि नपाएको, टिम्स कार्ड समयमा उपलब्ध नगराएको, मजदुर कल्याणकारी कोषमा टिम्स कोषको रकम जम्मा नगरेको, टिम्स कार्ड के–कति छापिएको छ तेस्को जानकारी पनि नपाएको साथै टिम्सको बारेमा लेखिएका कयौं पत्रहरुको जवाफ नपाएको भन्दै ट्रेकिंग एजेन्सिज एसोएसिएसन् अफ नेपाल (टान) ले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ

टान कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकमा बोर्डको सुनियोजित तथा व्यवस्थापकिय लापरवाहीका कारण समयमा नै टिम्स कार्ड उपलब्ध नगराएको विषयलाई लिएर गम्भीर छलफल गरियो । नेपाल पर्यटन बोर्डको वर्तमान रवैया तथा गैरजिम्मेवारीपनको घोर भत्सर्ना गर्दै समयमा नै सही निर्णय तथा कार्यान्वयन पक्षमा इमान्दारीता नदेखाए टान कठोर कदम चाल्न बाध्य हुने बैठकले निर्णय गरेको छ

टानले प्रत्येक संघ संस्थाहरुले बोर्डलाई गरेको पत्रचार तथा ताकेता गरेको विवरण, वार्षिक बजेट बारेको धारणा, नीजि क्षेत्रका प्रतिनिधिहरुले खेलेको भूमिका समेटेर एक श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । साथै पर्यटन क्षेत्रका सबै संघ संस्थाहरुबीच बोर्डको सवालमा छलफल गर्न तुरुन्तै बैठक बोलाउने निर्णय समेत टानले गरेको छ । तेसैगरी टानले पर्यटन क्षेत्रका गन्तव्यहरुको स्थानियहरुलाई बोर्ड र नेतृत्वको भूमिका साथै न्यायोचित ढंगले बजेट विनीयोजन नगरेको सन्देश प्रवाह गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हाल वितरण भईरहेका सबै टिम्स कार्डहरुमा होलोग्राम नभएको, केही टिम्स कार्डमा सिरियल नम्बर नराखीएको, कुनै टिम्स कार्डहरुमा टानको लोगो समेत अंकित नभएकोले नेपाल पर्यटन बोर्डद्वारा टिम्स कार्ड छपाई र वितरण कार्यमा घोटला हुन सक्ने प्रचुर सम्भावना देखिएको हुँदा सो तथ्यहरुलाई उजागर गर्ने निर्णय समेत बैठकले गरेको छ

बैदेशिक बजारमा नेपाली पर्यटन उपज तथा सेवाहरुको बजारीकरण र प्रबर्द्धन पुरानै ढर्रामा चलेको हुँदा अपेक्षि प्रतिफल पाउननसेको भन्दै तेस्ता गतिबिधिहरुको भण्डाफोर गर्नेभएको छ ्र तेसैगरि बोर्डले कार्य सम्पादनमा नीजि क्षेत्रको सहभागिता र सहकार्य नगरेको भन्दै तेस्तो कामको भत्सर्ना गर्ने निर्णय गरेकोछ

बोर्डको यस्तो गतिबिधिहरुबारे संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति तथा सामाजीक न्याय तथा मानव अधिकार समितिको ध्यानाकर्षण गराउने समेत बैठकले निर्णय गरेको छ । बैठकले टिम्स सम्बन्धी नेपाल पर्यटन बोर्डबाट सही सूचना तथा तथ्याङ्कका साथै मौजुदा रकम बारे समेत टानलाई जानकारी उपलब्ध नगराइ सूचनाको हकबाट बञ्चीत गराएकोमा राष्ट्रिय सूचना आयोगलाई जानकारी गराउने पनि निर्यण गरेको छ ।

यसैगरी टिम्स कोषको १० प्रतिशत मजदुर कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने टिम्स समझदारीमा ब्यबस्था भएको भए तापनि अहिलेसम्म तेस्तो हुन नसकेको हुँदा सो को बिरोधको लागि सम्पूर्ण ट्रेड युनियान्हारुलाई आब्हान गर्ने बैठकले निर्णय गरेको छ ्र बोर्डको बजेट बाँडफाँट र टिम्स कोषको स्रोत परिचालन गर्नुपर्ने दावित्व निर्बाह नगरेको बारे प्रमुख राजनैतिक दलहरुका विभागीय प्रमुखहरुलाई लिखित जानकारी गराउने समेत बैठकले निर्णय गरेको छ

टिम्सको बिकल्पमा सदस्य कम्पनीहरुसंग अतिरिक्त शुल्क लिई टान आफैंले नै पदयात्रीहरुको बिबरण राख्न र मजदुरहरुको उद्दार तथा औषधोपचारको लागि टिम्स जस्तै कार्यक्रम चलाउने मिल्ने(नमिल्ने बारे वरिष्ठ अधिवक्तहरुसंग अन्तरक्रिया गर्ने निर्णय समेत बैठकले गरेकोछ ।

विगत लामो समयदेखि बोर्डले विभिन्न कारण देखाई संघलाई समयमा नै टिम्सकार्ड उपलब्ध नगराएकै कारण संघबाट टिम्स कार्डको वितरण प्रणालीमा अवरोध आएको र पर्यटकीय चापको समयमा समेत टिम्स कार्ड छापेर उपलब्ध नगराएको हुँदा नले नै बैकल्पिक समस्याको समाधानार्थ तत्काल टिम्स कार्ड छाप्नको लागि सदस्य कम्पनीहरुसंग र सम्बन्धीत निकायहरुसंग छलफल कार्य अगाडि बढाउने निर्णय गरिएको छ । साथै बोर्ड र टान बीच भएको पछिल्लो सम्झदारी अनुसार नै हिसाबको बांडफांड गरिने र पारदर्शी ढंगबाट हरहिसाब राख्न टिम्सको छुट्टै खाता खोलिने समेत निर्णय गरियो ।

साथै बैठकले आकस्मिक बैठकको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, आन्तरीक राजस्व विभाग र नेपाल पर्यटन बोर्डलाई समेत जानकारी गराउने निर्णय गरेको छ
सुर्यबहादुर घिमिरे
मिडिया संयोजक, टान
फोनस् ९८५११३६१११

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार २०:५५ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...