
काठमाडौं । मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ । सुर्खेतबाट समान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन । सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।
२६ कार्तिक २०७३
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ०९:३२ मा प्रकाशित