
काठमाण्डौं । लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
इटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
हाल कम्पनीको ७ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । आएपिओ जारी गरेपछि संस्थाको चुक्तापूँजी दश करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा कम्पनीले एक करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस लघुवित्तले विभिन्न ३९ जिल्लामा ४७ शाखा सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
२६ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ११:४५ मा प्रकाशित