back

ग्लोबल आईएमईसहित ५ ठूला बैंकले ३६ मेगावाटको अप्पर बलेफी “ए” मा ऋण लगानी गर्दै

Kumari bank ad

काठमाडौ । ग्लोबल आइएमई बैंक लि, अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रालिबीच ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । कुल ६.०८ अर्व लागत लाग्ने उक्त आयोजनाको कुल लागतमध्ये ४.३५ अर्ब रुपैयाँ बैंकहरुले ऋण प्रदान गर्नेछन् ।
ग्लोवल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एसविआई बैंक र एनआईडिसि विकास बैंकले उक्त आयोजनाको लागि ऋण प्रदान गर्नेछन् ।

सिन्धुपाल्चोक जिल्लाको गोल्छे र गुम्वा गाविसमा अवस्थित उक्त आयोजनाको पावर हाउस गोल्छे गाविसमा निर्माण गरिनेछ । २०७५ साल माघ महिनासम्ममा निर्माण सम्पन्न गर्ने अपेक्षा सहित उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । उक्त आयोजनाबाट उत्पादित ३६ मेगावाट विजुली सोही जिल्लामा रहेको लामोसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने बताईएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २८

वि.सं.२०७३ कात्तिक २८ आइतवार १०:४० मा प्रकाशित

You can share this post!

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ   

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०१

नेपालगञ्ज (बाँके), १७ मङ्सिरः कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती...

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने   

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने   

वि.सं.२०८० मंसिर १७ आइतवार १६:५७

काठमाडौँ, १७ मङ्सिर : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा...

एनआईसी एशिया बैंकमा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम, ब्याजदर कति  ?

एनआईसी एशिया बैंकमा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम, ब्याजदर कति ?

वि.सं.२०८० मंसिर १७ आइतवार १६:५२

काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण...