
काठमाडौं। काष्ठमण्डप डेभलपमेन्ट बैंकले पहिले घोषणा गरेभन्दा वोनस सेयरको मात्रा केही वढाएको छ। बैंकले अब नगद लाभांसको मात्र घटाएर वोनस सेयरको मात्र बढाएको हो।
बैंकले यसअघि २३ प्रतिशत वोनस सेयर र १.६ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा सूचना पठाउँदै बैंकले अब २३.३७ प्रतिशत वोनस सेयर र १.२३ प्रतिशत मात्र नगद लाभांस दिने भएको छ।
प्रकाशित मितिः २०७३ कार्तिक २८
वि.सं.२०७३ कात्तिक २८ आइतवार १०:५१ मा प्रकाशित