
काठमाण्डौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरु काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पुरानो रुटलाई बिस्तार गर्दै ५ रुटहरु तय गरेको छ । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस किनेर ल्याएको छ । साझाले अब काठमाडौंमा ३८ वटा बस चलाउने छ ।
यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, आकर्षक हुने मानिएको छ । अपाङ्गमैत्री यो बसको पछिल्लो भागको ढोकामा म्यानुअल लिफ्टको सुविधा छ, जसबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।
साझाले आफ्ना बसहरु निम्न रुटहरुमा चलाउने भएकोछ ।
रुट नम्बर १ः लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चल्नेछ। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस चल्नेछ ।
रुट नम्बर २ः एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार-पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्नेछन् । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुपमा साझाका १० वटा बस चल्नेछन् ।
रुट नम्बर ३ः यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाउँदैछ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस चल्नेछन् ।
रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्फुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन हुनेछ । यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस चल्नेछन् ।
२९ कार्तिक २०७३, २।००
वि.सं.२०७३ कात्तिक २९ सोमवार १५:१३ मा प्रकाशित