back

जसले छोरालाई विश्वकै १२ औं धनी बनाए !

Kumari bank ad

स्याम वाल्टन, अमेरिकाको रिटेल बजारका जन्मदाता हुन् भन्दा फरक पर्दैन । उनले खोलेको वाल–मार्ट र स्याम्स क्लब अहिले पनि आफ्नो प्रभुत्व जमाएर बसेको छ । फोब्र्स पत्रिकाले निकालेको सन् २०१६ को विश्वप्रसिद्ध रिटेल कम्पनीहरुमा वाल–मार्ट एक नम्बरमा रहेको छ ।
स्याम वाल्टन २० मार्च १९१८ मा ओक्लोहामामा आमा न्यान्सि र पिता थोमस वाल्टनको सन्तानका रुपमा जन्मिएका थिए । उनका पिता खेती किसानी गर्थे । त्यतिबेला अवस्था त्यति राम्रो थिएन जसले गर्दा कक्षा ८ पढ्दै गर्दा नै वाल्टनलाई आफ्नो परिवारको आर्थिक भार कम गर्नका लागि विभिन्न काम गर्नु आवश्यक परेको थियो ।
स्यामका बुवा आमाले गाई पालेका थिए । वाल्टन त्यो गाईलाई दुहुने र त्यसको दूध बेच्न जाने गर्थे । बाटोमा फर्किँदा उनी घर घरमा पत्रिका पु¥याउने काम गर्थे । यसरी उनले आफ्नो परिवारको गुजारका लागि केही पैसाको जोहो गरिरहेका थिए ।
हाइस्कुलको अध्ययनसँगसँगै उनले विभिन्न कामहरु गरे, यो क्रममा उनले आफ्नो अध्ययनलाई पनि जारी राखे । त्यतिबेला दोस्रो विश्व युद्ध सुरु हुन लागेको थियो । वाल्टनले दोस्रो विश्वयुद्धमा आफ्नो देशको प्रतिनिधित्व गर्दै सेनामा पनि भर्ती भए । उनले त्यहाँ विमानहरुमा सुरक्षा हेर्ने देखि लिएर युद्धका बन्दीहरुको क्याम्प निरिक्ष तगर्ने लगायतका काम गरे । पछि सन् १९४५ मायुद्धसँगै उनले अवकाश लिए ।
सेनाबाट अवकाश पछि उनले बाँकी जीवन एउटा डिपार्टमेन्ट स्टोर खोल्ने र त्यसमै व्यतित गर्ने विचार गरे । जतिबेला उनले एउटा सुपर स्टोर खोल्ने विचार गरे त्यतिबेला उनीसँग मात्र ५ हजार डलर थियो । त्यसपछि उनले आफ्ना ससुरासँग २० हजार डलर ऋण लिए ।
उनले सुरुमा न्यूपोर्ट अर्कान्सास भन्ने ठाउँमा विभिन्न कुराहरु बिक्रीमा राखिएको स्टोर किने । त्यतिबेला नै उनले आफ्नो पसललाई अरु भन्दा फरक बनाउन केही सोच बनाएका थिए । त्यही सोच अनुसार नै अहिलेसम्म वालमार्ट चलिरहेकोछ । उनको सोचाई थियो कि आफ्नो पसललाई अरुको पसलभन्दा धेरै अबेलासम्म खोल्ने, सबै सामानहरु पाइने एउटै स्थान बनाउने, साथै होलसेल मूल्यमा नै आफ्ना सामानहरु बिक्रीमा राख्ने जसले गर्दा धेरैभन्दा धेरै ग्राहकहरु आकर्षित होउन् । यो सोचले उनलाई धेरै नै मद्दत ग¥यो ।
उनको पसलमा जति धेरै सामान सस्तो भयो त्यति नै धेरै बिक्री हुन थाल्यो । यसका साथसाथै उनले पनि होलसेलबाट झन् कम कम मूल्यमा सामान पाउन थाले । यसको सफलतासँगै वाल्टनले आफ्नो पसलको शाखाहरु खोल्न थाले । यसका लागि उनले अर्को एउटा उपाय पनि अपनाए, जो व्यापारमा राम्रो गरिरहेको छ उसलाई आफ्नोमा लिने र उसलाई बिक्रीभएको आधा हिस्सा दिने । जुन अहिले प्रोफिट सेयरिङका रुपमा परिचित छ ।
उनलाई यसपछि झन् सफलता मिल्दै गयो । त्यसपछि उनले आफ्नो भाइ, ससुरा, सालासँग मिलेर अन्य स्थानमा पनि पसलहरु खोल्न थाले । यतिबेला नै उनले वाल्टन फेमिली सेन्टरका रुपमा अझ ठूलो पसल खोल्ने विचार गरे । त्यसको केही समयमा नै उनी र उनका भाइ बड मिलेर अर्कान्सस, मिसोरी र कन्सासमा १६ वटा विभिन्न स्टोरहरु खोले ।
सन् १९६२ मा आएर यो सबैभन्दा धेरै शाखाहरु भएको रिटेल स्टोरका रुपमा परिचित भइसकेको थियो । सन् २००४ मा वालमार्टमा डेढ मिलियन व्यक्तिले काम गरेको रेकर्ड थियो । सन् १९९८ मा नै स्याम वाल्टनलाई टाइम म्यागेजिनले २०औं शताब्दीको सय प्रभावशाली व्यक्तिभित्र राखेको थियो । सन् १९८५देखि १९८८सम्म अमेरिकाकै सर्वाधिक धनी व्यक्तिका रुपमा उनलाई फोब्र्सले आंकलन गरेको थियो ।
अहिले वालमार्ट अमेरिकामा मात्र नभएर म्यक्सिको, क्यानडा, अर्जेन्टिना, ब्राजिल, साउथ कोरिया, चाइना, जर्मनी, पर्टुरिको र युकेमा पनि फैलिसकेको छ । यसका संस्थापक स्याम वाल्टनको भने सन् १९९२ मा नै निधन भयो । उनले आफ्नो सबै साम्राज्य आफ्नो श्रीमती तथा सन्तानलाई छाडेर गए । उनका दुई सन्तानमध्ये कान्छा छोराको निधन भएपछि उनका जेठा छोरा रवसन वाल्टनले अहिले वालमार्टलाई सम्हालिरहेका छन् । रव अहिले विश्वकै १२औं धनी व्यक्तिमा पर्छन् । फोब्र्सका अनुसार उनीसँग अहिले ३४ दशमलव ५ बिलियन डलर सम्पत्ति रहेकोछ । आफ्नै बलबुँतामा धनी भएका व्यक्तिमा स्याम वाल्टनका छोरा रवसन वाल्टन ४औं नम्बरमा पर्छन् ।

इरादा पहाडी
एजेन्सीको सहयोगमा, ३० कार्तिक २०७३, ११।३०

वि.सं.२०७३ कात्तिक ३० मंगलवार २०:०२ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...