back
NMB Ad

सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिने आयोजनामा प्राधिकरण र तेह्रथुम पावरबीच विद्युत् खरिद सम्झौता

काठमाडौ। नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ ।

प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लामो छानबिनका कारण आयोजना दुई वर्ष छ महिना ढिला भए पनि सम्झौता गर्न आफूहरु सफल भएको जानकारी दिए ।

प्रबन्ध निर्देशक डाँगीका अनुसार वर्षादको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा सम्झौता गरिएको हो ।

तेह्रथुम पावर कम्पनीले ७ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो खोरङाखोला आयोजनाको निर्माण प्रक्रिया सुरु गरेको छ । आयोगले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै उक्त आयोजनाको अनुमतिपत्र खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

कम्पनीले २०७६ पुुुस १ गते आयोजना सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको छ । आयोजनाले जग्गा खरिद र पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको जनाएको छ । आयोजना बनाउन रु एक अर्ब ३४ करोड लाग्नेछ । कुल लगानीको  ३० प्रतिशत प्रवद्र्धक र ७० प्रतिशत ऋण लगानी गरी आयोजना अगाडि बढाउन लागिएको जानकारी दिँदै निर्देशक डाँगीले स्थानीयबासीलाई १० प्रतिशत र आम नागरिकलाई २० प्रतिशत सेयर वितरण गरिने बताए ।

ऊर्जा मन्त्रालयले एक सय मेगावाट क्षमतासम्मको आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने अख्तियारी प्राधिकरणका कार्यकारी निर्देशकलाई दिएपछि पछिल्लो दिनमा निजी क्षेत्रका प्रवद्र्धकको आयोजनाको सहज रुपमा सम्झौता हुन थालेको भन्दै प्रबन्ध निर्देशक डाँगीले खुसी व्यक्त गरे । आयोगको कारबाहीमा नपरेको भए आयोजना २०७४ पुसमा सम्पन्न हुने थियो ।

प्रकाशित मितिः २०७३ कार्तिक ३०

वि.सं.२०७३ कात्तिक ३० मंगलवार २०:१० मा प्रकाशित

You can share this post!

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४८

काठमाडौँ : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक...

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४५

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका...