back
NMB ad

अब छिटै नै नेपालमा भएका ५०० र १००० दरको भारु साटिने !

Kumari bank ad

काठमाण्डौं । बैंकिङ प्रणाली वाहिर रहेको ५०० र १००० दरको भारु साटिने भएको छ। राष्ट्र बैंकको सकृयतामा भएको छलफलमा भारतीय दूतावासले अधिकतम भारु साट्ने संकेत गरेको हो।

भारु कसरी र कुन प्रकृयाबाट साट्ने भनेर राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बैंकरहरुसहितको एक कार्यदल बनाएको छ। त्यो कार्यदलले आवश्यक प्रकृया तय गरेर भारु सटहीको मोडालिटी दूतावास मार्फत भारत सरकारलाई पठाउने छ। त्यसपछि भारत सरकारले आवश्यक निर्णय गर्नेछ।

राष्ट्र बैंकको निरन्तरको सकृयताका कारणले भारतले नेपालसँग भारु साट्ने मोडालिटी बनाउन लागेको हो। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले दूतावास, रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलसँग हरेक दिनजसो टेलिफोन गरेर भारु सटहीमा पहल गरेका थिए।

राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानामार्फत पनि आरबिआइ र दूतावाससँग निरन्तर ताकेता गरेको थियो।

राष्ट्र बैंकले भारु सटहीमा स्वीकृति आएपछि दुर्गम क्षेत्रमा पनि वाणिज्य बैंक तथा विकास बैंकहरुलाई परिचालित गरेर अधिकतम भारु साट्ने व्यवस्था मिलाउने सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए।

३ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ११:४४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...