back

जागिर नपाएर दिक्क हुनुहुन्छ ? अब अपनाउनुहोस् यो उपाय !

Kumari bank ad

काठमाण्डौं । हाम्रो देशमा हातमा डिग्री भएर पनि भने जस्तो काम नपाएर दिक्क मान्नेहरुको संख्या धेरै छ । जसले गर्दा विदेशी भूमिमा जस्तो काम गर्न पनि जाने परिपाटी बढ्दो छ । यसका साथसाथै विदेशबाट हण्डर ठक्कर खाएर होस् या स्वदेशमै भौतारिँदा भौतारिँदै वाक्क भएर होस् अहिले विभिन्न व्यवसायमा हात हालेर महिनाको लाखौं र वर्षको करोडौं कमाएको उदाहरणहरु पनि प्रशस्त सुन्नमा आइरहेकोछ । यस्तोमा के तपाई पनि जागिर नपाएर दिक्क हुनुहुन्छ ? हुनुहुन्छ भने एक पटक यो पढ्नुहोस् ।

अहिले नेपालमा मुख्यत कृषि व्यवासयतिर युवाहरुको आकर्षण बढ्दो छ । माछापालन, मौरी पालन, कुखुरा पालन, तरकारी खेती, दुग्ध व्यवसायमा आदिमा हात हालेर सफलता पाएका कथाहरु प्रशस्त छन् । त्यस्तै यदि तपाई पनि केही गर्न चाहुनहुन्छ भने बुझ्नुहोस्, ब्यवसाय गर्छु भनेर रहर गरेर मात्र हुँदैन। यसलाई सफल बनाउन सके मात्र प्रतिफल हात पर्छ।

हरेक क्षेत्रमा सफलता पाउनका लागि पहिला के के आवश्यक हुन्छ त रु मुख्यत यसका लागि ६ वटा उपाय अपनाउनु बुद्धिमानी हुन्छ । जुन निम्न दिइएकोछ :

१. राम्रो संजाल बनाउने र त्यसबाट फाइदा लिने
तपाई व्यवसाय नै गर्छु भनेर सोचिरहनु भएको छ भने पहिले पुरै तयारी गर्नुस्। आजको समयमा संजाल अर्थात् नेटवर्क यस्तो हतियार हो जसबाट तपाईको व्यवसायलाई धेरैथोरै अगाडि लैजान निकै मद्दत गर्छ । त्यसमाथि सुरुवाति चरणमा त यो निकै मद्दतगर हुन्छ । नेटवर्कले तपाईको बस्तु तथा सेवा बिक्री गर्न सजिलो बनाउँछ । संजाल निर्माणका लागि अहिले हामीले चलाउने फेसबुक, ट्विटर आदिले पनि हामीलाई निकै मद्दत गर्ने गरेकोछ । यसलाई तपाईले पूर्ण रुपमा उपयोग गर्न सक्नुहुनेछ ।

२.   कुनै पनि हालतमा लगाव नछाड्नु
कुनै पनि काम गर्नका लागि त्यसप्रतिको लगाव एकदमै आवश्यक हुन्छ । आज तपाईलाई कुनै काम गर्न मन लाग्यो र हप्ता दिनपछि तपाईलाई त्यो काम प्रति दिक्क लाग्यो भने तपाईको जाँगर त्यही सेलाउँछ । तपाईले  सफलता पाउने कुरा कथा र सपनामा मात्र सीमित हुन्छ । कुनैपनि कुराप्रतिको लगाव बिना हामी कुनै पनि काम ठिक ढंगबाट गर्न सक्दैनौं ।

३.    आत्मविश्वासलाई डग्मगाउन नदिनु
कुनै व्यापार व्यवसायको सुरुवात गरेपछि त्यसबाट तत्काल फाइदा पक्कै पनि मिल्दैन । तर लगातार घाटा या नोक्शान भइरहेको छ भने पनि डराउनुहुँदैन । कुनै दिन पनि यो नसोच्नुस् कि बरु अर्काको काम गरेको भए लगातार पैसा त आउँथ्यो १ आफूमाथि विश्वास गर्नु सबैभन्दा ठूलो कुरा हो र यो कहिल्यै पनि छाड्नु हुँदैन ।

आफूले गरेको निर्णयलाई सफल पार्न कुनै कसर बाँकी राख्नुहुँदैन । शतप्रतिशत मेहेनत गरेपछि एकदिन घाटा वा नोक्सानीले तपाईसँग हार मान्नेछ । आफूमाथि विश्वास भएन भने हामी कतै पनि सफल हुन सक्दैनौं । त्यसैले अरुले हतोत्साहित गरे भने त्यस्ता कुरा सुन्न छाड्नुपर्छ । बरु यसको सट्टा के कारणले ब्यवसाय सफल भएन त्यसको मूल्यांकन गरेर अगाडि बढ्नु पर्छ ।

४.    स्वस्थ नै सबैभन्दा ठूलो धन हो
हामी केही काम गर्नका लागि आफूसँग समय नै छैन भन्ने गर्छौं । तर समय भनेको निकाल्ने कुरा हो । हामीले देख्ने गरको छौं ठूला ठूला व्यक्तिहरु जति नै व्यस्त भए पनि उनीहरुले आफ्नो लागि समय निकालेका हुन्छन् । उनीहरु आफूलाई खुशी र स्वस्थ राख्नका लागि समय निकाल्छन् र योगा, ब्यायाम आदि गर्छन् । त्यस्तै आहार विहारमा पनि ध्यान दिन्छन् । भनिन्छ, सबैभन्दा ठूलो धन स्वस्थ्य नै हो । त्यसैले यसप्रति पनि हामीले विचार गर्न जरुरी हुन्छ ।

५.    समयको व्यवस्थापन
संसारका सबै मानिससँग दिन र रात गरेर मात्र २४ घण्टा हुन्छ। तर सफल व्यक्तिहरुले पनि यही २४ घण्टालाई व्यवस्थापन गरेर अगाडि वढ्छन् । यदि हामीले समय व्यवस्थापन गर्न सिक्यौं भने हामी हरेक कुरामा समयमा नै राम्रो तरिकाले गर्न सक्छौं । टाइम म्यानेजमेन्ट नै सबैभन्दा मुख्य कुरा हो ।  समय व्यवस्थापन गर्न सक्ने मान्छे नै सफल हुन्छ।

६.   आफ्नो पार्टनरका रुपमा सही ब्यक्ति छानौं
कुनै पनि काममा सफलता आफै एक्लैले गरेर मात्र नमिल्न सक्छ । त्यसमा व्यवसाय भनेको त टीम वर्क हो । सही व्यक्तिहरुको सहयोगले सफलतालाई धेरै नजिक ल्याउँछ। ब्यवसाय गर्न मानिसहरु चाहिन्छ तर जोसँग मिलेर हामीले काम या त व्यवसाय गरिरहेका हुन्छौं वा गर्छौं ती व्यक्तिहरु आफ्ना लागि ठीक छन् कि छैनन् ? यसमा विचार गर्न जरुरी हुन्छ ।

३ मंसिर २०७३, एजेन्सीको सहयोगमा, ५।००

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १६:३९ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...