back
NMB ad

फाष्टट्रयाक अब फाष्टट्रयाक बिधिबाटै नेपालले नै बनाउने,भारतीय कम्पनीसँग भएको सम्झौता रद्द !

Kumari bank ad

काठमाडौ। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्व बोकेको काठमाडौँ–तराई मधेस जोड्ने द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने भएको छ ।

व्यवस्थापिका–संसद्, विकास र अर्थ समितिको आजको वैठकमा भौतिक योजना तथा पूर्वाधार निर्माणमन्त्री रमेश लेखकले स्वदेशी लगानीमा द्रुत मार्ग निर्माणलाई छिटो र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताए । “राष्ट्रिय गौरवको बहुआयामिक महत्वको द्रुतमार्ग लामो समयसम्म अल्झिने र बल्झिने अवस्थामा रहेकामा आयोजनालाई अघि बढाउने सन्दर्भमा अब सबै पक्ष एक ठाउँमा उभिएर निर्णय गर्नुपर्छ”–उनले भने ।

उक्त आयोजना निर्माण गर्न भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लेजिङ एन्ड फाइनान्सिएल सर्भिस लिमिटेड (आइएलएफएस)लाई दिने काम अघि बढेको थियो । सरकारको उक्त तयारीप्रति चौतर्फी आलोचना भएपछि आयोजना अघि बढाउने कार्य प्रभावित हुँदै आएको थियो । सरकारले भारतीय उक्त निर्माण कम्पनीसँग गरेको सम्झौता रद्द गरेर सार्वजनिक द्रुत मार्गका रुपमा सरकार आफैंले निर्माण अघि बढाउन निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिसकेको मन्त्री लेखकले जानकारी दिए।

द्रुतमार्ग आफैँले निर्माण गर्ने सिलसिलामा भारतीय कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनको उपादेयता, वित्तीय व्यवस्थापनको व्यवस्था र कुन ढाँचामा अघि बढाउँदा मुलुक र जनताको हित हुन्छ भन्नेबारेमा अध्ययन प्रतिवेदन तयार गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने तयारी गरिरहेको छ ।

समितिमा योजना आयोगका एक सदस्य, कानुन, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा निर्माण र अर्थ मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र आयोजना प्रमुख सदस्य रहनुहुनेछ । समितिले काम थालेको मितिले एक महिनाभित्र प्रतिवेदन दिनेछ । तराई–मधेसबाट काठमाडौँ उपत्यका जोड्ने सबैभन्दा छोटो (७६ किमी) दूरीको उक्त राजमार्ग निर्माणले मुलुकको आर्थिक विकामा कायापलट हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले काठमाडौ उपत्यकासँग तराई–मधेस जोड्ने द्रुतमार्ग, बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल लगायत राष्ट्रिय गौरवका आयोजना निर्माणमा रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाउका थिए ।
द्रूत मार्ग निर्माणका लागि अघिल्लो आव ०७१÷७२ मा रु २७ करोड विनियोजन भएकामा ७७ लाख मात्र खर्च भएको थियो भने त्यसपछिको आवमा छुट्याइएको रु एक अर्ब बजेटमा ४७ करोड खर्च भएको बताइएको छ । चालु आवमा द्रुतमार्ग निर्माणको शीर्षकमा रु १० अर्ब बजेट विनियोजन भएकामा चालु आवको प्रथम चौमासिकसम्ममा रु १२ लाख खर्च भएको छ ।

विकास समितिका सभापति रवीन्द्र अधिकारी, अर्थ समितिका सभापति प्रकाश ज्वाला, सदस्य सुरेन्द्रप्रसाद पाण्डे, केशवप्रसाद बडाल लगायतले मुलुकको विकासको मेरुदण्डका रुपमा रहेको द्रुतमार्ग र निजगढ विमानस्थल निर्माणमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
उनीहरुले भने “नेपालको आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण कडीका रुपमा रहेको आयोजना अघि बढाउन सरकार खुट्टा नकमाई अघि बढोस्, प्रत्येक वर्ष खर्च हुन नसकेर बाँकी रहेको बजेटको रकम द्रुतमार्गमा लगाउन सकिन्छ, कुनै पनि बहानामा अब एक दिन पनि ढिला नगरी आयोजना अघि बढाउनुपर्छ, फास्टट्र्याकलार्य अब फास्टटय्राक विधिबाटै लैजानुपर्छ ।

प्रकाशित मितिः २०७३ मंसिर ५

वि.सं.२०७३ मंसिर ५ आइतवार १६:०८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...