
काठमाण्डौं । अग्नि इन्कर्पोरेटेडले महिन्द्राको युवो ट्याक्टर नेपाली बजारमा ल्याएको छ । यो ट्याक्टरले ३० वटा भन्दा बढी कृषि प्रयोजनमा प्रयोग गर्न सकिन्छ । कम्पनीले ३०देखि ४५ हर्षपावर सेग्मेन्टको यो ट्याक्टरमा सबैभन्दा उत्कृष्ट प्रविधि रहेको दाबी छ।
ट्याक्टरमा १२ फर्वाड र तीन रिभर्स फूल कन्सट्यान्ट मेश गियरबक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीले विश्वकै अग्रणी ट्याक्टर नेपाली बजारमा ल्याएको बताएको छ ।
५ मंसिर २०७३, ५।००
वि.सं.२०७३ मंसिर ५ आइतवार १६:४९ मा प्रकाशित