back

एक कल फोनको ३ सय रुपैयाँ, यो नेपाल नै हो !

Kumari bank ad

म्याग्दी । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला ? दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो।

मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेट  तीन सय शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले स्याटलाइट फोन जडान गरेपछि मात्रै यो सेवा उपलब्ध भएको हो।

त्यहाँ उनले फोनमा कुरा गर्ने विदेशीलाई प्रतिमिनेट  तीन सय र नेपालीलाई दुई सय शुल्क लिने गरेका छन्।

स्याटलाइट टेलिफोनमार्फत देशभित्रका जुनसुकै ठाउँमा फोन गर्दा प्रतिमिनेट एक सय ५६ शुल्क काट्ने हुँदा आफूले प्रतिमिनेट तीन सयसम्म शुल्क लिने गरेको तिलिजाले बताए। तीन वर्षअगाडि एक लाख ४५ हजारमा स्याटलाइट प्रविधिको फोन र १२ हजार पाँच सयमा विदेशी नंको सिमकार्ड खरिद गरी इटाली बेसक्याम्पमा सञ्चारको पहुँच जोडेको तिलिजाले जानकारी दिए।

“यसअगाडि यस क्षेत्रमा कुनै पनि सञ्चार सुविधा थिएन, पदयात्राका क्रममा पर्यटक बिरामी भएमा र लडेर घाइते भएमा समेत सूचना आदानप्रदानमा निकै कठिन थियो, अहिले स्याटलाइट फोन जडान भएपछि महँगो भए पनि आकस्मिक सेवाका रुपमा पर्यटक र पदयात्रीले प्रयोग गर्ने गरेका छन्,” तिलिजाले भने।

उक्त स्याटलाइट फोनबाट आकाश खुलेको समयमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रबाट समेत फोन गर्न सकिन्छ । धौलागिरि पदयात्राअन्तर्गत मुदीको बगरसम्म स्काई र सिडिएमए प्रविधिको फोनको सामान्य पहुँच भए पनि त्यहाँदेखि माथि भने सञ्चार सम्पर्क विच्छेद हुने गर्छ।

बगरदेखि एक दिनको पैदलयात्रामा पुगिने दोभानमा होटल व्यवसाय गर्दै आएका बोमबहादुर पुनले त्यहाँ सिडिएमए प्रविधिको फोन जडान गरे पनि त्यो भरपर्दो छैन। मौसममा आउने फेरबदलले उक्त प्रविधिको टेलिफोनमा बारम्बार समस्या आउने गरेको छ।

धौलागिरि आधार शिविर जाने प्रमुख पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नहुँदा वर्षौँ पहिलेदेखि पदमार्ग सञ्चालनमा आए पनि अहिलेसम्म पनि अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न नसकेको स्थानीयवासीको भनाइ छ।

सञ्चारको पहुँच नहुँदा आधार शिविर पुगेर बिरामी परेका र पदयात्राका क्रममा हराएका कतिपय पर्यटकको उपचार र उद्धारमा समेत कठिनाइ हुँदै आएको छ।

६ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर ६ सोमवार १४:२५ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...