काठमाण्डौं । आज सोमबार सेयर बजामा ६.६७ अंकले वृद्धि भएको छ । हिजो आइतबार १६ सय तल झरेको बजार आज सोमबार पुनः १६०६.२९ अंकको उचाईमा पुुगेको हो ।
आज सोमबार कारोबार रकम भने घटेको छ । कुल १२७ कम्पनीका १३ लाख ८६ हजार ८ सय ९५ कित्ता सेयर ९२ करोड ८७ लाखमा किनबेच भएको थियो । आज पाँचवटा समूहको सूचक हराभरा भएको छ । सबैभन्दा बढी अन्य समूह २०.२५ अंकले बढेको छ । वाणिज्य बैंक समूूह ७.६४ अंक, होटल समूह २२.४१, बित्त समूह १२.१७ र व्यापार समूह १.१२ अंकले बढेका छन् ।
६ मंसिर २०७३, ३।३०
वि.सं.२०७३ मंसिर ६ सोमवार १५:३० मा प्रकाशित