back
NMB ad

‘नेपालको पानी जनताको लगानी’ बढ्यो सरकारको कदम, जलविद्युत कम्पनी स्थापना !

Kumari bank ad

काठमाण्डौं । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ ।  कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागि मार्ग प्रशस्त भएको छ ।

‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । मन्त्रालयले रु ६१ लाख ६० हजार दर्ता शुल्क तिरेर कम्पनी दर्ता गरेको हो ।

जलविद्युत् उत्पादन कम्पनीमा नेपाली नागरिकले २७ प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । त्यस्तै, आयोजना प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत लगानी गर्न पाउने भएका छन् । कम्पनीको अधिकृत पुँजी रु २० अर्ब र चुक्ता पुँजी रु दुई अर्ब रहेको छ ।

६ मंसिर २०७३, ४।३०

वि.सं.२०७३ मंसिर ६ सोमवार १६:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज महानगरले ल्यायाे दुई अर्ब ८९ करोडकाे बजेट   

वीरगञ्ज महानगरले ल्यायाे दुई अर्ब ८९ करोडकाे बजेट   

वि.सं.२०८१ असार ९ आइतवार ०६:०८

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

आज ९ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज ९ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ असार ९ आइतवार ०६:००

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री   

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ८ शनिवार १६:३७

काठमाडौँ, ८ असार : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ : बाबुराम भट्टराई 

बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ : बाबुराम भट्टराई 

वि.सं.२०८१ असार ८ शनिवार १६:१४

गोरखा, ८ असार : पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष...

दाङमा रासायनिक मल अभाव नहुने   

दाङमा रासायनिक मल अभाव नहुने   

वि.सं.२०८१ असार ७ शुक्रवार २१:०५

देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...