
चितवन । भरतपुर उपमहानगरपालिकामा २५ वटा सुविधा सम्पन्न आधुनिक सिटी बस सञ्चालनमा आउने भएका छन्। आइतबार नेपाल आइपुगेका यी बस आउने मंसिर १९ गतेदेखि सञ्चालनमा आउने छ ।
२६ सिट भएका यी बस तीन रुटमा चल्नेछ । बसमा नियमित यात्रा गर्ने यात्रीका लागि कार्डको व्यवस्था गरिएको छ। ९ सय रूपैंयामा एउटा कार्ड किनेपछि एक महिनासम्म कम्पनीका बसमा यात्रा गर्दा प्रत्येक पटक भाडा तिर्न नपर्ने जनाइएकोछ ।
सिसीटिभी प्रयोग गरिएको बसमा यात्रीले वाइफाइ चलाउने पाउने छन्। प्रत्येक सिटमा मोबाइल चार्जरको सुविधा रहेको छ। यात्रीको मनोरञ्जनका लागि एलइडी डिस्प्ले राखिएको अधिकारीले बताए। बसमा यात्रा गर्ने जेष्ठ नागरिक र अपाङ्गका लागि कार्डका आधारमा निस्शुल्क यात्रा गर्ने व्यवस्था समेत छ ।
८ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ८ बुधवार १०:५४ मा प्रकाशित