
काठमाडौँ । एनएमबि बैंकको अन्तर्राष्ट्रिय साझेदार एफएमओले एनएमबि बैंकमा रहेको लगानी बढाएको छ । काठमाडौँमा बुधबार आयोजित बिशेष समराहोकाबीच नेदरल्याण्डको एफएमओले आफ्नो लगानी ३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको जानकारी दिईयो । दुई साझेदारबीच सम्झौतामा एनएमबिका अध्यक्ष पवन कुमार गोयन र एफएमओका चिफ इन्भेष्टमेन्ट अफिसर लिण्डा ब्रोक्हुजेनले हस्ताक्षेर गरेका थिए ।
नेदरल्याण्ड सरकारको समेत लगानी रहेको अन्तर्राष्ट्रिय द्धिपक्षीय विकास बैंक एफएमओसंग यो सहकार्य एनएमबि बैंकका लागि अर्को कोसेढुंगा सावित हुने एनएमबि बैंकका अध्यक्ष गोल्यानले एफएमओसँगको बताए । उनले यस सम्बन्धबाट बैंकको थप प्रगति हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एफएमओका चिफ इन्भेष्टमेन्ट अफिसर लिण्डा ब्रोक्हुजेनले एफएमओको यो लगानी नेपालको वित्तीय क्षेत्रकै ठुलो एफडीआई (प्रत्यक्ष विदेशी लगानी) रहेको बताए । यसबाट नेपालको समग्र वित्तीय क्षेत्रमा समेत सकारात्मक टेवा पुग्ने विश्वास एफएमओले लिएको उनले बताए ।
एफएमओसँगको नयाँ सम्बन्धबाट एनएमबि बैंकलाई उर्जा, अन्तर्राष्ट्रिय व्यापार र पुँजी बजारमालगानी बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
७ मंसिर २०७३
वि.सं.२०७३ मंसिर ८ बुधवार १९:१७ मा प्रकाशित