
काठमाडौ। नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आकस्मिक निधन भएको छ । केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गौला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आएका बोहोराको ४० वर्षका उमेरमा निधन भएको अस्पतालले जनाएको छ ।
बझाङ, स्याँडी गाविसमा जन्मिएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख एवम् प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत थिए ।
हाल भीमदत्त नगरपालिका कञ्चनपुरमा बस्दै आएका बोहोराले केही समयदेखि मुटुको उपचार गराउँदै आएका थिए ।
प्रकाशित मितिः २०७३ मंसिर १०
वि.सं.२०७३ मंसिर १० शुक्रवार १९:२२ मा प्रकाशित