
क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्युवाको कम्युनिष्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ ।
क्यास्ट्रोले आधा शताब्दी अर्थात ५० वर्ष क्युवाको नेतृत्व सम्हालेका थिए । उनी सन् १९५९ देखि १९७६ सम्म क्युवाको प्रधानमन्त्री र सन् १९७६ देखि २००८ सम्म क्युवाको राष्ट्रपति थिए । त्यसपछि उनका भाइ राहुल क्यास्ट्रोले सत्ता सम्हाल्दै आएका छन् ।
फिडेल क्यास्ट्रोले २०११ को अप्रिल १९ मा क्युवा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिएपनि उनका भार्य राहुल क्यास्ट्रो पार्टीको नेता बनेका थिए । समर्थकले फिडेल क्यास्ट्रोलाई क्युवाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिको रुपमा परिभाषित गर्छन् । तर विरोधीले भने विपक्षीलाई क्रुद रुपले दबाएको आरोप लगाउने गरेका छन् ।
फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ को अगस्ट १३ मा भएको थियो ।
प्रकाशित मितिः २०७३ मंसिर ११
वि.सं.२०७३ मंसिर ११ शनिवार १८:०० मा प्रकाशित