
काठमाडौ। चिकित्सा शिक्षा सुधारको माग गर्दै दशौं पटक अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक समिति गठन गरेको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए ।
सरकारले डा केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उनको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताए ।
प्रकाशित मितिः २०७३ मंसिर ११
वि.सं.२०७३ मंसिर ११ शनिवार १८:०८ मा प्रकाशित