back

नवलपरासीको बुलिङटारमा जीप दुर्घटना हुँदा एकै गाउँका ७ को मृत्यु, १८ घाइते

Nepal Bank

फाईल फोटो

नवलपरासी । नवलपरासीको पहाडी क्षेत्र बुलिङटारको वडा नम्बर ८ बतासामा  जीप दुर्घटना  हुँदा  सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन्  ।  प्रहरी चौकी बुलिङटारका अनुसारका  दलदलेबाट डाँडाझेरीको छरछरेका लागि छुटेको ग  १ ज  ३६३२ नम्बरको  जीप दुर्घटना भएको हो । जीप सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटना स्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्दछ ।

उक्त दुर्घटनामा डाँडाँझेरी छरछरेका २८ वर्षकी समन्ती बाचे, ५२ वर्षका खिमबहादुर बाचे, ४२ वर्षका लोकबहादुर बाचे, २२ वर्षका दीपक फाल, ४० वर्षका जयबहादुर बाचे, ४९ वर्षका किशन बाचे र ६० वर्षका रेशबहादुर बाचेको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक गम्भीर घाइते छन्  ।

बुलिङटार चौकीमा नै गाउँको झगडाको विषयमा छलफल गरी फर्किएकाहरु शनिबार राति दुर्घटनामा परेका  हुन्  ।

पहाडी क्षेत्र भएकाले दुर्घटना लगतै  घाइतेहरुको उद्धार गर्न कठिनाई  भएको थियो । घाइतेलाई आइतबार बिहान मात्रै चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा लगिएको छ  । ज्यान गुकाएकाको शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य  केन्द्र  दुम्कौलीमा राखिएको  छ । एउटै गाउँका मानिसहरु दुर्घटना परी  ज्यान गुमाएपछि यतिबेला छरछरे गाउँ शोकमा डुबेको  छ

प्रकाशित मितिः २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार ०६:१६ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...