back
NMB ad

विकास बैंकको करिब ३० प्रतिशत बोनस स्वीकृत !

Kumari bank ad

काठमाण्डौं । ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । गत आर्थिक बर्षमा ३२ करोड रुपैयाँ मुनाफा कमाएको बैंकले २९.२ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश आगामी साधारसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल बैंकको एक अर्ब ५ करोड चुक्तापुँजी रहेको छ । बोनसपछि बैंकको पूँजी एक अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको २५ वटा शाखा रहेका छन् भने नयां ६ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३२ लाख रुपैयाँ खुँद नाफा गरेको छ । बैंकको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ ।
पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ । मनास्लुको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेको छ । मनास्लुले पनि १९ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

१२ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:१७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...