
काठमाण्डौं । आज सोमबार बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बृद्धि भएको छ । आइतबार समान्य उकालो लागेको सुनको मूल्य आज पनि सोही गतिमा बढेको हो ।
सुनको मूल्य सामान्य बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै ७ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।
१३ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर १३ सोमवार १३:०५ मा प्रकाशित