काठमाण्डौं । पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार रहेकी जिल स्टेनले विस्कन्सिन राज्यको निर्वाचनको पुन मत गणनाका लागी गरेको उजुरी उपर निर्वाचन आयोगले पुन मत गणना गर्ने निर्णय गरेको छ। जिल स्टेनले उठाएको मुद्दा हिलारीले समेत समर्थन जनाएकी छन्।
नोबेम्वर ८ मा भएको राष्ट्रपतिय निर्वाचनमा विस्कन्सिन राज्यमा रिपब्लिकन पार्टिका उम्मेदवार डोनल्ड ट्रम्प करिव २२ हजार मत अन्तरले विजयी भएका थिए। कम्प्यूटर ह्याकरहरूले राष्ट्रपति निर्वाचनमा नतिजा फेरबदल गरेको हो, वा हैन यकिन गर्न आफुले पुन मत गणनाको निवेदन गरेको जिल स्टेनले वताएकी छिन् ।
पुन मत गणनाकालागी जिल स्टेनलेले करिव ४५ लाख डलर उठाएकी छन्। ग्विस्कन्सिन, मिशिगन र पेन्सिलभेनिया राज्यमा कम्प्यूटर ह्याकरहरूले डोनाल्ड ट्रम्पलाई जिताउन निर्वाचनको नतिजा तलमाथी गरेको हुन सक्ने भन्दै उनले यो कदम चालेकी हुन् ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन आवय्यक पर्ने २७० ईलेक्टोल भोट मध्ये डोनाल्ड ट्रम्पले २९० र हिलारी क्लिंटनले २३२ ईलेक्टोल भोट प्राप्त गरेका छन।
१३ मंसिर २०७३, एजेन्सीको सहयोगमा, ११।००
वि.सं.२०७३ मंसिर १३ सोमवार १३:१९ मा प्रकाशित