काठमाण्डौं । सांग्रिला डेभलपमेण्ट बैंकले आफ्ना सेयर लगानीकर्ताहरुका लागि १६.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जलाई बैंकले दिएको जानकारी अनुसार आगामी साधारण सभाले यो विषयलाई पारित गर्न बाँकी छ भने राष्ट्र बैंकबाट पनि स्वीकृति मिल्न बाँकी छ । बैंकले यस अघि नै डिम्याट खाता खोल्नका लागि आफ्ना सेयरधनीलाई आग्रह गरेको थियो ।
१४ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर १४ मंगलवार १०:५३ मा प्रकाशित