back
NMB ad

तयार हुनुहोस्, बैंकले दिँदैछ ६७ हजार ७ सय ६७ कित्ता एफपिओ !

Kumari bank ad

काठमाण्डौं । नेपाल एसबिआई बैंकले दश बराबर चार अर्थात चालीस प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको छ । साथै बैंकले संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्देछ ।

बैंकले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्रीपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । बैंकले एक अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गर्ने निर्णय गरेको छ ।

३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १।५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।

एफपिओको हकमा, बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ ।

१४ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १४ मंगलवार ११:२८ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ४ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ असार ४ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२२

अत्तरिया : कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात...

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १४:१७

काठमाडौँ, ४ असारः राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत...