काठमाडौ । राष्ट्र बैंकको प्रावधान अनुसार चुक्ता पुँजी आठ अर्ब पुर्याउन प्रभु बैंकले हकप्रद सेयर जारी गर्न लागेको छ । बैंकले चुक्ता पुँजी पाँच अर्ब ८८ करोडबाट बढाएर आठ अर्ब २३ करोड ३९ लाख पु¥याउने विषेश प्रस्ताव साधारण सभामा लैजादैछ । यसका लागि प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बार्षिक साधारण सभा आगामि पुस ८ गते हुने भएको छ ।
सभामा बैैंकले १०ः४ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव पनि पारित गराउने एजेन्डा तय गरेको छ । त्यस्तै, प्रभुले विभिन्न बैंक तथ वित्तीय संस्था मर्ज तथा एक्विजसन प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाने भएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर १४
वि.सं.२०७३ मंसिर १४ मंगलवार १३:४९ मा प्रकाशित