
काठमाडौ। अमेरिकी डलरको भाउ फेरि ११० रुपैयाँ नाघेको छ। मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ २६ पैसा तोकेको छ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको छ। दुई सातायता अमेरिकी डलर निरन्तर बढ्न थालेको हो।
ब्याजदरका कारण यसैपनि अमेरिकी डलर बलियो बन्दै गएको थियो। सँगसँगै भारतले ठूला भारुमा प्रतिबन्ध लगाएपछि त्यहाँको मुद्रा कमजोर भयो। भारतसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँको मूल्य पनि घट्ने कारण पनि दुई सातामै नेपाली रुपैयाँ चार रुपैयाँ हाराहारी कमजोर भइसकेको छ।
प्रकाशित मितिः २०७३ मंसिर १४
वि.सं.२०७३ मंसिर १४ मंगलवार १५:१८ मा प्रकाशित