
काठमाण्डौं । के तपाई माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? यदि हो भने बुक क्लाज र मूल्य समायोजन थाहा पाइराख्नुहोस् । दुई वित्तीय संस्थाले आफ्नो आउँदो साधारण सभाका लागि बुक क्लोजको सूचना नेप्सेको माध्यमबाट सार्वजनिक गरेका छन् भने एक कम्पनीले आफ्नो मूल्य समायोजनको सूचना सार्वजनिक गरेकोछ ।
साधारण साभका लागि बुक क्लोज गर्न लागेका कम्पनीमा सिर्जना फाइनान्स र नमस्ते वित्तीय संस्था रहेका छन् । सिर्जना फाइनान्सले साधारण सभाका लागि यही मंसिर १७ गतेदेखि पुस १ गतेसम्म बुक क्लोज हुने बताएकोछ । कम्पनीको पुस २ गते १६औं साधारणसभा हुँदैछ ।
त्यस्तै, नमस्ते वित्तीय संस्थाले पनि मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज हुने जनाएकोछ । १ः१ अनुपातमा हकप्रद सेयर बाँड्ने र साधारण सभाका प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्न लागेको हो ।
यसैगरी, ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो मूल्य समायोजन गरेकोछ । २० प्रतिशत बोनस सेयरका लागि १३ सय २९ रुपैयाँ सेयर मूल्य कायम गरेकोछ । यसको आधार मूल्य भने १३ सय ७ रुपैयाँ रहेकोछ ।
१६ मंसिर २०७३, ११।३०
वि.सं.२०७३ मंसिर १६ बिहीवार १२:४० मा प्रकाशित