
काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डको निर्देशन भन्दै ३ नम्बर सेयर दलाल अरुण सेक्युरिटिज र ४ नम्बर सेयर दलाल ओपल सेक्युरिटिजलाई निलम्बन गरेको छ ।
नेप्सेको वेवसाईटमा ती दुबै सेयर दलालको कारोबार रोकिएको जनाईए पनि बिस्तृत बिबरण दिईएको छैन । धितोपत्र बोर्डको अर्को पत्र नआइन्जेलसम्म ती दुबै सेयर दलालको कारोबार बन्द हुने नेप्सेले जनाएकोछ । ती दुबै ब्रोकर कार्यालयले यस विषयमा आफूहरुले विस्तृत बुझेपछि मात्र प्रतिक्रिया दिने जनाएका छन् ।
अरुण सेक्युरिटिज बारम्बार कारोबार रोकिईरहने दलाल हो भने ओपलको पनि पछिल्लो अबधिमा कारोबार रोकिने क्रम बढेको थियो ।
१६ मंसिर २०७३, ११।३०
वि.सं.२०७३ मंसिर १६ बिहीवार १२:०७ मा प्रकाशित