काठमाडौं । संविधान संसोधनको विषयलाई लिएर मुलुक मुठभेडको अवस्थामा पुगेको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमाले सहितका दलहरु देशैभरी आन्दोलनमा उत्रिएका छन् । सरकारले संसोधनको प्रस्ताव दर्ता गराए पनि सत्ताधारी दलमा नेताहरु विभाजित भएका छन् । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका संसदियदलका उपनेता समेत रहेका पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पार्टी भित्रै गम्भिर असहमती जाहेर गरेका छन् । पार्टीको उच्चस्तरीय बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रतावमा असहमती जनाउँदै रायमाझीले आफु विपक्षमा उभिने जनाउ दिए । सुन्नुहोस सो बैठकमा भएको गोप्य अडियो …
वि.सं.२०७३ मंसिर १८ शनिवार १७:१६ मा प्रकाशित